विभिन्न दलनिकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित मंगलबार प्रदर्शन गरेका हुन् ।
काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनीमार्गमा राँके जुलुससहित प्रदर्शन गरेको छ ।
विभिन्न दलनिकट विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने मागसहित मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामासमेत मागेका छन् ।
सरकारले विश्वविद्यालयहरुमा राजनीतिक हस्तक्षेप गरेको उनीहरुको आरोप छ । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर, विद्यार्थी संगठन खारेज गर्न पाइँदैन लगायतका प्लेकार्ड बोकेका थिए ।
