आठ रात, नौ दिनसम्म विभिन्न जात्रा गरी भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको बिस्का जात्रा आज विधिवत् रुपमा समापन गरिँदै छ ।
भक्तपुर — आठ रात, नौ दिनसम्म विभिन्न जात्रा गरी भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको बिस्का जात्रा आज विधिवत् रुपमा समापन गरिँदै छ ।
आज साँझ गहिती टोलमा रहेको भैरवनाथको तीन तल्ले रथ भैलख तानेर जात्रा सकिन्छ । गहिती टोलमा रहेको भैलखलाई स्थानीयले पहिलो दिन जस्तै आ-आफ्नै टोलमा लैजान तानातान गरिन्छ । आजको दिनलाई द्यो थाहा विज्याइगु अर्थात् देउतामाथि सवार हुने भनिन्छ । भैलखलाई आज विधिवत् पूजा गरेपछि स्थनीयहरुले तानेका थिए । दुवैतिर डोरीले तानातान गर्नु नै जात्राको विशेषता हो । आजै रथ तमारी पुर्याएर जात्रा सकिन्छ ।
![The last day of the Biscay pilgrimage [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/biska-nayaa-1-1842026023133-1000x0.jpg&w=1001&h=0)