जेन-जी आन्दोलनमा भागेका २५२ जना काठमाडौंमा पक्राउ

१६२ कैदी र ९० जना थुनुवालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए

वैशाख ४, २०८३

विवेक पोख्रेल

252 people who fled the Gen-G movement arrested in Kathmandu

काठमाडौँ — जिल्ला प्रहरी परिसर काठमाडौंले जेन-जी आन्दोलनका क्रममा फरार रहेका २५२ जना कैदी बन्दी तथा थुनुवा लाई पक्राउ गरी सम्बन्धित कार्यालयमा बुझाएको जनाएको छ । 

आज पत्रकार सम्मेलन आयोजना गर्दै १६२ कैदी र ९० जना थुनुवालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार १८१ थान हातहतियार र लुट्ने ५१ जना पक्राउ परेको जानकारी दिए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully