'बोक्सी'को आरोप लगाउने एक जना पक्राउ

ललितपुरमा 'बोक्सी'को आरोप लगाउने एक जना पक्राउ परेका छन् ।

वैशाख २, २०८३

कान्तिपुर संवाददाता

Man arrested for accusing 'witch'

काठमाडौँ — ललितपुरमा 'बोक्सी'को आरोप लगाउने एक जना पक्राउ परेका छन् । 

गोदावरी नगरपालिका वडा नं.१२ स्थित चर्चमा बस्ने पास्टर पक्राउ परेका हुन् । 

उनले बिरामीको उपचार गराउने बहानामा प्रार्थना गरी, मन्त्र पढी बिरामी बनाउने को हो भन् भनी प्रश्न गर्दै व्यक्तिको नाम भन्न लगाएर 'बोक्सी'को आरोप लगाएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

सामाजिक कुरीति (गैह्र कानुनी) कार्य गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरबाट उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully