किनाराका स्थायी ठूला सिमेन्टका गमलामा बिरुवा लगाउने, फूल रोप्ने, गोडमेल गर्ने तथा पानी हालेर हुर्काउन वातावरण व्यवस्थापन विभागले काम गरिरहेको छ ।
काठमाडौँ — सुन्दरता बढाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले काठमाडौंका सडक किनारामा गमलामा फूल रोप्न थालेको छ । पार्क तथा हरियाली प्रवर्द्धन आयोजनाले गौरव योजना ‘मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालेको हो ।
अहिले सिंहदरबार अगाडिको भागमा बेगनबेली फूल राखिएको आयोजनाका इन्जिनियर सरकारदीप श्रेष्ठले बताए । ती फूल पहेँलो, रातो र गुलाबीलगायत रङका रहेको उनले बताए ।
फूल फुलाउने कार्यलाई नियमित गराउन सिमेन्टका गमलाहरू राखिएका छन् । किनाराका स्थायी ठूला सिमेन्टका गमलामा बिरुवा लगाउने, फूल रोप्ने, गोडमेल गर्ने तथा पानी हालेर हुर्काउन वातावरण व्यवस्थापन विभागले काम गरिरहेको छ ।
यसपछि भित्री सहरी क्षेत्रमा गमला राख्दै लगिने योजना रहेको श्रेष्ठले जानकारी दिए।
