प्रहरी कार्यालयमै ‘बिचौलिया निषेध’ अभियान, प्रवेशद्वारदेखि अनुसन्धान कक्षसम्म सचेतनामूलक सन्देश 

प्रहरी कार्यालय आसपासमै बिचौलियाको सक्रियता देखिन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले त्यस्ता गतिविधि नियन्त्रण गर्न 'बिचौलिया प्रवेश निषेध' को सन्देश राख्न थालेको हो ।

चैत्र २५, २०८२

विवेक पोख्रेल

'No to middlemen' campaign at police office, awareness message from entrance to investigation room

What you should know

काठमाडौं — जेन–जी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका विनोद कार्की, अनुपम भण्डारी र युनिक श्रेष्ठका परिवारलाई धरौटीमा छुटाइदिने अश्वासन दिँदै रकम असुलेको आरोपमा काठमाडौंको बुढानिलकण्ठका ४५ वर्षीय हरिबहादुर थापा मगरविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ ।

प्रहरीको जाहेरीअनुसार मगरले सपना प्रधान मल्ल आफ्नो दिदि भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराई भनसुनमार्फत धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए । उनले धरौटी रकम तथा वकिलको बहस खर्चका नाममा ९ लाख ३६ हजार ५ सय रुपैयाँ लिएको आरोप लगाइएको छ ।

सोही आधारमा प्रहरीले विश्वासमा पारेर ठगी गरेको अभियोगमा १६ चैतमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ । जाहेरीवाला छत्रबहादुर कार्की, देवा भण्डारी, नारायणबहादुर श्रेष्ठले छोरा छुटाईदिन्छु भनेर ठगी गरेको भन्दै सामुहिक रुपमा मुद्दा दर्ता गराएका थिए । कारागार कार्यालय काठमाडौं सुन्धारामा पुर्पक्षको लागि थुनामा रहेका छोरा भेट्न आउँदा मगरसँग भेट भएको उनीहरूले जाहेरीमा बताएका छन् । 'No to middlemen' campaign at police office, awareness message from entrance to investigation room

००००

सामान्यतः प्रहरी देख्दा अपराधमा संलग्न व्यक्तिहरू डराउने अपेक्षा गरिन्छ । तर, पछिल्ला दिन प्रहरी कार्यालय आसपासमै बिचौलियाको सक्रियता देखिन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले त्यस्ता गतिविधि नियन्त्रण गर्न कडाइ थालेको छ ।

परिसरको कार्यालय भवनमा प्रवेश गर्नेबित्तिकै ‘सेवाग्राहीलाई स्वागत, बिचौलियालाई निषेध’ भन्ने सन्देश देख्न सकिन्छ । यस्ता सूचनाहरू प्रवेशद्वारमा मात्र होइन, अनुसन्धान कक्षसहित कार्यालयभित्रका विभिन्न स्थानमा पनि राखिएका छन् ।'No to middlemen' campaign at police office, awareness message from entrance to investigation room

प्रहरीका अनुसार सेवाग्राहीलाई झुक्याउने र आर्थिक लाभ लिने उद्देश्यले बिचौलियाहरू सक्रिय हुने गरेका छन् । यसलाई नियन्त्रण गर्न सचेतनामूलक सन्देशसँगै निगरानीसमेत बढाइएको कार्यालय प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । थापाका अनुसार प्रहरीले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया समेत अघि बढाएको छ ।

प्रहरीले सेवाग्राहीलाई कुनै समस्या परे सिधै सम्बन्धित शाखा वा अधिकारीसँग सम्पर्क गर्न आग्रह गर्दै बिचौलियाबाट टाढा रहनसमेत अनुरोध गरेको थपाले बताए । ‘प्रहरीले सहज रुपमा सेवाग्राहीलाई सेवा दिन अभियानकै रुपमा बिचौलीय निषेधित क्षेत्र बनाएको छ,’ थापाले भने, ‘कसरी सेवाग्राहीलाई सजिलो र छिटो सेवा दिनसक्छौं भन्ने ध्यान दिएर काम भएको छ ।’

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully