नेपाली रेस्लर भगवती खड्का पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा खड्का पक्राउ परेकी हुन् ।

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Nepali wrestler Bhagwati Khadka arrested

काठमाडौँ — नेपाली रेस्लर भगवती खड्का पक्राउ परेकी छन् । 

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा खड्का पक्राउ परेकी हुन् । रामेछाप मन्थली नगरपालिका-१२ स्थायी बसोबास भई हाल काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३५ वर्षीया खड्कालाई सोमबार पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । 

खड्कालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पनि उनले बताए । 

कान्तिपुर

Link copied successfully