घण्टाघर नजिकैको रेष्टुरेन्टमा आगलागी

आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु पुगेका छन् ।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Fire breaks out at restaurant near Ghantaghar

काठमाडौँ — काठमाडौंको घण्टाघर नजिकैको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीले केहीबेर अघि आगलागी भएको बताए । उनले आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलै भएको बताए । 

आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु पुगेका छन् । आगलागीको के कारणले भएको हो खुल्न सकेको छैन । अहिले आगो निभाउने प्रयास भइरहेको छ ।  उनले भने, 'दमकलसहित सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी निभाउने प्रयास भइरहेको छ ।'

कान्तिपुर

Link copied successfully