किराँतकालिन ‘गोकर्ण देशे गाउँ’को संस्कृति संरक्षण गर्न महोत्सव

किराँतकालका राजा पटुकका बेला बसेको बस्तीको मौलिक संस्कृति संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारका लागि कार्यक्रम गर्न लागिएको दबूका अध्यक्ष शिवहरि श्रेष्ठले जानकारी दिए ।

चैत्र ४, २०८२

रासस

Festival to preserve the culture of the Kirat-era 'Gokarna Deshe Gaun'

काठमाडौं — किराँतकालदेखि नै मानव बस्ती बसेको गोकर्णेश्वर नगरपालिका-४ स्थित ‘गोकर्ण देशे गाउँ’का युवा त्यहाँको मौलिक संस्कृतिको संरक्षणमा जुटेका छन् । 

नेवाः देय् दबू गोकर्णेश्वर नगर समितिले आज गोकर्ण देशे गाउँमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस क्षेत्रको मौलिक संस्कृति, भेषभूषा, बाजागाजाको संरक्षणका लागि १४ चैतमा गोकर्णेश्वर मौलिक, सांस्कृतिक तथा नेवारी खाजा महोत्सव गर्न लागेको जानकारी दिएको हो । 

किराँतकालका राजा पटुकका बेला बसेको बस्तीको मौलिक संस्कृति संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसारका लागि कार्यक्रम गर्न लागिएको दबूका अध्यक्ष शिवहरि श्रेष्ठले जानकारी दिए । 

‘ऐतिहासिक गोकर्ण देशे गाउँ’ मा रहेको त्यसबेलाको राजधानी सोमवंशीले आक्रमण गरेपछि शङ्खमूल सारिएको प्रसङ्ग पनि स्थानीय बूढापाकाले सुनाउने गरेका छन् । ऐतिहासिक बस्ती, धार्मिक, सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान भए पनि यहाँको संस्कृति र मौलिकता क्रमशः लोप हुन थालेपछि प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको उनले बताए ।

रासस

Link copied successfully