फेक रेस्क्यू प्रकरण : थप एक जना पक्राउ

पक्राउ पर्नेमा पानोरामा हिमालयन ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालिका सञ्चालक पासाङ शेर्पा छन् ।

फाल्गुन २७, २०८२

कान्तिपुर संवाददाता

Fake rescue case: One more person arrested

काठमाडौँ — नक्कली उद्धार उडान गराएर बिमा रकम दाबी गरिएको प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पानोरामा हिमालयन ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालिका सञ्चालक पासाङ शेर्पा छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पक्राउ गरेको ब्युरोका एआईजी मनोज केसीले बताए । यसअघि प्रहरीले यो प्रकरणमा ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमा कम्पनीका स्थानीय एजेण्ड, हेलिकोप्टर कम्पनीका शेयरधनीसहित गरी १० जनालाई पक्राउ गरिसकेको छ ।

उनीविरुद्ध मुलुकी अपराध संहिताको राष्ट्रहित प्रतिकूल काम गर्न नहुने तथा संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

कान्तिपुर

Link copied successfully