कल्भर्ट बनाउन बागबजारमा बाटो थुनिएपछि आउजाउ गर्नै सास्ती, कहिलेसम्म बनिसक्छ ?

काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट बनाउन चैत मसान्तसम्म बाटो बन्द रहने काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका सब इन्जिनियर दीपकबहादुर शाहीले बताए ।

फाल्गुन २६, २०८२

आरती पौडेल

After the road in Bagbazar was closed to build a culvert, commuting is a pain. How long will it take to get it done?

What you should know

काठमाडौँ — काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माणको काम थालिएको छ । बाटो थुनेर कल्भर्ट बनाउन थालेपछि त्यो बाटो हुँदै आउजाउ गर्ने विद्यार्थीहरु जोखिम मोल्दै ढलमिश्रित खोलाबाट वारपार गर्दा कोही त त्यहीँ पछारिएको भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भइरहेका छन् ।

महानगरले काम सुरु गर्नुअघि नै उक्त बाटो छोडी वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको थियो । बाटो भत्काइँदासमेत मानिसहरु खोलाबाट जबर्जस्ती वारपार गर्न थालेपछि महानगरले हाल भने उक्त क्षेत्रको दायाँ बायाँ जस्ताले पूर्ण रुपमा बेरेर काम अगाडि बढाइरहेको छ ।

पैदलयात्रीलाई समेत आउजाउमा पूर्ण निषेध गरेको छ । त्यस क्षेत्रमा पम्प्लेटमा सूचना टाँसेर राखिएको छ । साथै पैदलयात्रीलाई लोकेसन दिएको बाटो प्रयोग गर्न सन्देश पनि दिएको छ । उक्त सडक खण्ड हुँदै वारपार गर्नेहरु भने झुक्किरहेका छन् । त्यो क्षेत्र हुँदै आइनेहरु अगाडि जाने कुनै बाटो नदेखेपछि फनक्क फर्किहाल्छन् । सर्वसाधारणले बाटो बन्द हुँदा दुःख खेप्नु परेको बताएका छन् । 

After the road in Bagbazar was closed to build a culvert, commuting is a pain. How long will it take to get it done?

काठमाडौं महानगरपालिका- २८ बागबजारस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट बनाउन फागुन २० गतेदेखि चैत मसान्तसम्म बाटो बन्द रहने काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका सब इन्जिनियर दीपकबहादुर शाहीले बताए । त्यस खण्डमा सवारीसाधनका साथै पैदलयात्री अझै पनि बाटो बन्द भएको थाहा नपाएर निर्माण कार्य हुँदै गरेको स्थलसम्म आइपुगेको देखिन्छन् ।

After the road in Bagbazar was closed to build a culvert, commuting is a pain. How long will it take to get it done?

ट्युसन, कोचिङमा जाने विद्यार्थी र कामकाजी कमर्चारीहरुले त्यस क्षेत्र हुँदै हिँडडुल गर्ने बाटो नै बन्द भएपछि निकै सास्ती भएको बताए । कोही भर्खर कलेज जाँदै गरेको अवस्थामा, कोही कलेजबाट फर्कने क्रममा, भाषा पढ्न कन्सल्टेन्सी हिँडिरहेका विद्यार्थी, केही सर्वसाधारण बैंक जाँदै गरेको अवस्थामा बाटो बन्द हुँदा अलमलमा परेको अवस्थामा देखिन्थे । त्यसैगरी केही डोकोमा तरकारी, फलफूल लिएर हिँडिरहेका थिए । उनीहरु ‘बाटो बन्द किन भएको ?’ भनेर साधिरहेका थिए । केही महानगरले राखेको पम्पलेट नियालिरहेका थिए । ‘अब त्यही १ मिनेटको बाटोको लागि फेरि यति धेरै घुमेर जाने ?’ केही एक आपसमा गन्थन गर्दै देखिन्थे । 

After the road in Bagbazar was closed to build a culvert, commuting is a pain. How long will it take to get it done?

तीमध्येकै तीन जना थिए, पद्मकन्या बहुमुखी क्याम्पसमा ब्याचलरमा बीबीए सातौँ सेमेस्टरमा अध्ययनरत ऋषिका प्याकुरेल, एलिका रिजाल, प्रकृति आचार्य  । उनीहरू एक आपसमा बाटोको बारेमा कुरा गरेको देखिन्थे । उनीहरू कलेज जाँदा होस् वा घर फर्कँदा त्यही बाटो हिँड्ने गर्थे । अब भने आफूहरूलाई गाह्रो हुने उनीहरुले बताए । उनीहरूको एकै स्वर छ, ‘हामीलाई बाटो बन्द छ भन्ने बल्ल थाहा भयो । कलेज आउने बेलामा यो बाटो खुल्दा दुई मिनेट मात्र हिँड्नपर्ने बाटो अब घण्टाघर हुँदै आउँदा १५ मिनेट ढिला हुने भयो ।’ यति भन्दै गर्दा उनीहरू चिन्तित मुद्रामा देखिन्थे । 

हातमा बैंकको डकुमेन्ट लिएर यताउता बाटो खोजिरहेको अवस्थामा भेटिए दिलबहादुर तामाङ । उनलाई त्यहाँको बाटो बन्द रहेको भन्ने कुरा त्यहाँ आएर मात्र थाहा भएको सुनाए । ‘एकतर्फी बाटो खोलेर एकतिरबाट निर्माण गर्नुपर्ने थियो । अब त्यही १ मिनेट परको बैंकमा जान कति गाह्रो । कताबाट जाने थाहा पनि छैन,’ उनले भने, ‘पहिलाको बाटो पनि राम्रै थियो खै किन यस्तो गरेको हो महानगरले मैले त बुझेकै छैन ।’ आफूमात्र नभएर महत्त्वपूर्ण कामको लागि नजिकै हिँडेका सर्वसाधारणलाई पनि बाटो बन्दको कारण सास्ती खेप्नु परेको उनले सुनाए । 

After the road in Bagbazar was closed to build a culvert, commuting is a pain. How long will it take to get it done?

आफ्नो बैंकमा काम भएर सामाखुसीबाट उक्त बाटो आएको बताउने लक्ष्मी लामिछाने बाटो बन्द भएको भर्खर थाहा भएको सुनाइन् । ‘बाटो त्यताबाट छैन भन्ने थाहा पाएको भए आउने थिइनँ,’ उनले भनिन्, ‘वैकल्पिक बाटो अपनाएर बैंक जाऊँ भने निकै समय लाग्छ । बच्चाहरूलाई स्कुल लिन जान ढिला हुन्छ । यति धेरै हिँडेर आए दुःख मात्र भयो ।’ एकतर्फी बाटो खुलेको भएपनि सहज हुने उनले बताइन् । 

After the road in Bagbazar was closed to build a culvert, commuting is a pain. How long will it take to get it done?

त्यस क्षेत्रमा बसोबास गर्ने, होटेल, कपडा पसल साथै अन्य व्यवसाय गर्नेहरूसमेत आफूहरूलाई निकै अप्ठ्यारो भएको बताउँछन् । आफ्नो कोठाको बाहिर बसिरहेका सुवास ओहोरदोहोर गर्न असहज भएको बताए । ‘केही सामान किन्न जान पनि गाह्रो भएको छ । सवारी साधन लिएर हिँड्नेलाई त सजिलै हुने भयो । घुमेर जान पनि मिल्यो,’ उनले भने, ‘हिँडेर त्यहाँसम्म आएका मान्छेलाई त त्यही नजिकैको कन्सल्टेन्सी जान, बैंक जान, सामान लिन, तरकारी लिन फेरि घुमेर आउन त निकै गाह्रो हुन्छ ।’ महानगरले राम्रो काम गर्न लागे पनि पैदलयात्रीलाई गाह्रो भएको उनले सुनाए । साथै उक्त स्थानमा होटेल गर्नेलाई पनि गाह्रो भएको उनले सुनाए । भने, ‘हामी सधैँ खाजा खाने यो बनाउन लागेको बाटो माथि हो । त्यतिको लागि शंकरदेव हुँदै जाने कुरा पनि भएन । वैकल्पिक पुल बनाएको भए सर्वसाधारणलाई सहज हुन्थ्यो ।’

After the road in Bagbazar was closed to build a culvert, commuting is a pain. How long will it take to get it done?

सब इन्जिनियर शाहीले महानगरले वैकल्पिक पुल बनाउने प्रयास गरेको, तर सम्भव नभएको बताए । ‘सर्वसाधारणलाई अहिले केही समयको लागि गाह्रो भएको हामीले बुझेका छौँ,’ उनले भने, ‘बर्खामा हुने सम्भावित डुबान र कटानको जोखिम घटाउन बक्स कल्भर्ट निर्माण गर्न लागेका हौँ ।’

छोटो समयको लागि बाटो अवरुद्ध भएपनि भविष्यमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न उक्त काम महानगरले गरेको उनले सुनाए । ‘छोटो समयको लागि भन्दापनि सम्भावित जोखिम न्यूनीकरण कल्भर्ट निर्माण गर्न लागेको हो,’ उनले भने । 

टुकुचा खोलाको छेउमा घरहरू निर्माण भएका कारण धेरै प्रयास गर्दा पनि सजिलो र छोटो वैकल्पिक बाटो बनाउन नसकेको उनले सुनाए ।

After the road in Bagbazar was closed to build a culvert, commuting is a pain. How long will it take to get it done?

महानगरले सर्वसाधारण साथै व्यवसायीहरूलाई मर्कामा पार्न नचाहेको उनले बताए । ‘उक्त क्षेत्रमा कलेज पढ्ने, लोकसेवा, भाषा पढ्ने विद्यार्थीसाथै सर्वसाधारण धेरै हिँड्ने बाटो भएकाले समस्या भएको छ,’ उनले भने, ‘केही समय लागे पनि हामीले वैकल्पिक बाटोको बनाएर लोकेसन पनि राखेका छौँ । पेसा, व्यवसाय गर्नेहरूलाई असर नपरोस् भनेर सडकका पेटीहरू खुल्ला राखेका छौँ ।’

डिल्लीबजार पुतलीसडक चोक हुँदै बागबजारतर्फ जाने र रामशाहपथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरेको उनले जानकारी दिए ।कल्भर्ट निर्माणको सम्झौता रकम ५७ लाख ७२ हजार ६९४ रुपैयाँ रहेको महानगरले जनाएको छ । यसको लागत अनुमान भने ७० लाख ७२ हजार १ सय ८२ रहेको छ । कल्भर्ट निर्माणको क्रममा उक्त सडक भएर हिँड्ने सर्वसाधारण जोखिम मोलेर हिँडेकोले महानगरले पैदलयात्रीलाईसमेत निषेध गरी निर्माण कार्य अगाडि बढाएको जानकारी दिएको छ । कल्भर्ट निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्नेगरी स्टार निर्माण सेवासँग सम्झौता भएको उनले जानकारी दिए । 

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully