खरको छानो भएको माथिल्लो तलाबाट आगो लागेको हो ।
काठमाडौँ — ललितपुरमा रहेको दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ । खरको छानो भएको माथिल्लो तलाबाट आगो लागेको हो ।
आगो निभाउनका लागि अहिले दमकल पुगिसकेको छ । सिलिन्डर पड्किएर आगलागी भएको ललितपुर नगर प्रहरीले जनाएको छ । आगलागीबाट छानोमा मात्र क्षति पुगेको प्रहरीले जनाएको छ ।
