काठमाडौं प्रहरी परिसरका डीएसपी कौसल बुढाथोकीका अनुसार शंकरदेव क्याम्पस नजिकै एकजनामाथि चक्कु प्रहार भएको हो ।
काठमाडौँ — काठमाडौंको शंकरदेव क्याम्पस नजिकै एक जनामाथि चक्कु प्रहार भएको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी कौसल बुढाथोकीका अनुसार शंकरदेव क्याम्पस नजिकै एक जनामाथि चक्कु प्रहार भएकाे हो ।
चक्कु प्रहारबाट घाइते भएका व्यक्तिको बागबजारस्थित मोडेल अस्पताल उपचार भइरहेको छ । घटनामा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ । घटना केहीबेर अघि भएको हो ।
