फागुन १८ गतेदेखि राति ९ बजेपछि रात्रिकालीन व्यवसाय नगर्न काठमाडौं प्रशासनको आग्रह

फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्ने

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Kathmandu administration urges people not to engage in night-time business after 9 pm from Falgun 18

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजरी गरी रात्रिकालीन व्यवसायहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचना प्रकाशित गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्ने र त्यसपछि सम्पूर्ण व्यवसाय बन्द गर्न/गराउन सूचना प्रकाशित गरेका छन् । 

कान्तिपुर

Link copied successfully