ब्युटी पेजेन्टका प्रतिस्पर्धी एक महिलालाई एक्कासी हातपात गरी सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको उजुरीपछि चितवन भरतपुर महानगरपालिका-२२ का ४१ वर्षीय अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
काठमाडौँ — महिलालाई 'अभद्र व्यवहार' गरेको आरोपमा मिस विभा ब्युटी पेजेन्टका आयोजक उद्धव अधिकारी पक्राउ परेका छन् ।
ब्युटी पेजेन्टका प्रतिस्पर्धी एक महिलालाई एक्कासी हातपात गरी सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको उजुरीपछि चितवन भरतपुर महानगरपालिका-२२ का ४१ वर्षीय अधिकारीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीमाथि बिहिबार म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
