नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन

कार्यसमितिको उपाध्यक्षमा निता सापकोटा, महासचिवमा श्रीमन शर्मा, कोषाध्यक्षमा अमिका राजथला चयन भएका छन् ।

फाल्गुन १०, २०८२

रासस

New leadership elected at Nepal Press Institute

काठमाडौँ — पत्रकारिताको तालिम प्रदान गर्ने संस्था नेपाल प्रेस इन्स्टिच्युटको २०औं साधारणसभाले डा कपिल काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा निता सापकोटा, महासचिवमा श्रीमन शर्मा, कोषाध्यक्षमा अमिका राजथला चयन भएका छन् । 

यसैगरी, कार्यसमिति सदस्यहरूमा तपानाथ शुक्ला, मन्टेश्वरी राजभण्डारी, मोहन नेपाली, गंगादेवी गुरुङ, वसन्त रुपाखेती, पुष्कर माथेमा र अरुण पौडेल रहेका छन् । संस्थाको आमन्त्रित कार्यसमिति सदस्यमा पूर्वअध्यक्षद्वय तीर्थ कोइराला र लक्ष्मणप्रसाद उप्रेती मनोनीत भएका छन् । 

रासस

Link copied successfully