सुन्धारामा पानी ल्याउने जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान

धरहराभित्रको भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी पनि महानगरपालिकालाई दिने निर्णय भएको छ ।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City given responsibility for bringing water to Sundhara

काठमाडौँ — सुन्धारामा पानी ल्याउने र पानीको निकास खोल्ने कामको जिम्मेवारी काठमाडौं महानगरपालिकाले वहन गर्ने भएको छ ।

आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापन गर्ने जिम्मेवारी पनि महानगरपालिकालाई प्रदान गर्ने निर्णय गरेको छ ।

सुन्धाराको धरहरा क्षेत्रमा बसेको बैठकमा सहरी विकासमन्त्री कुमार इङ्नाम, महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, गृहसचिव राजकुमार श्रेष्ठ, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलसहितको उपस्थिति थियो ।

धरहराको भूमिगत पार्किङमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल एकसाथ अट्न सक्छ ।  धरहरा क्षेत्रको पूर्वाधार निर्माण र विद्यमान व्यवस्थापन अभ्यासको अवलोकन निरीक्षणपश्चार बैठक बसेको थियो ।

कान्तिपुर

Link copied successfully