गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

अनुगमन टोलीमा क्रममा काठमाडौं महानगरपाकिलाकी कार्यवाहक नगरप्रमुख सुनिता डंगोल, गृहसचिव, सहरी विकास मन्त्रालयका सचिव र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो ।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

A team including the Home Minister monitors the Dharahara area.

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले शुक्रबार सुन्धारास्थित धरहरा क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । उनीहरूले धरहराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका हुन् ।

अनुगमन टोलीमा क्रममा काठमाडौं महानगरपाकिलाकी कार्यवाहक नगरप्रमुख सुनिता डंगोल, गृहसचिव, सहरी विकास मन्त्रालयका सचिव र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो ।

टोलीद्वारा सुन्धारास्थित धरहराको अन्डरग्राउन्ड पार्किङको संयुक्त अनुगमन निरीक्षण गरी निर्माण भएको पार्किङलाई निःशुल्क रूपमा सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो । काठमाडौंको ट्राफिकलाई सहज बनाउने गरी पार्किङ सौन्दर्य कायम गर्ने विषयमा छलफलमा जोड दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully