पढाइको सिलसिलामा ललितपुरस्थित सानेपामा बस्दै आएका रबिन हराएको छ दिन भइसक्दा पनि अझै फेला नपरेको उनका बुवा राजीमान बुढामगरले जानकारी दिए ।
डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ रल्ली गाउँमा स्थायी घर भएका १४ वर्षीय रबिन बुढामगर ललितपुरबाट बेपत्ता भएका छन् ।
पढाइको सिलसिलामा ललितपुरस्थित सानेपामा बस्दै आएका रबिन हराएको छ दिन भइसक्दा पनि अझै फेला नपरेको उनका बुवा राजीमान बुढामगरले जानकारी दिए । एक्कासी सम्पर्कविहीन भएका उनलाई कसैले भेटेमा नजिकैको प्रहरी कार्यालय वा ९७४२४६८२९५,९८४८३६६५९३ मा सम्पर्क गरिदिन समेत अनुरोध गरेका छन् ।
