कान्तिपुरकर्मी कटुवाल र खतिवडालाई 'प्रधानसेनापति प्रशंसा निसान'

२६३ औं सेना दिवस तथा महाशिवरात्रिको अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानसेनापति निसान प्रदान गरेका हुन् ।

फाल्गुन ३, २०८२

कान्तिपुर संवाददाता

'Army Chief's Commendation' for Kantipur journalists Katuwal and Khatiwada

काठमाडौँ — नेपाली सेनाले सेना दिवसका अवसरमा कान्तिपुरकर्मी ज्योति कटुवाल र विमल खतिवडालाई प्रधानसेनापति प्रशंसा निसान प्रदान गरेको छ । 

२६३ औं सेना दिवस तथा महाशिवरात्रिको अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानसेनापति निसान प्रदान गरेका हुन् । सेनाका गतिविधि, जिम्मेवारी क्षेत्रभित्र सञ्चालन भएका विभिन्न कार्यक्रम तथा विपद् व्यवस्थापनका कार्यहरूलाई समाचार, भिडियो र फिचर सामग्रीमार्फत प्रभावकारी ढंगले जनतामाझ पुर्‍याएको भन्दै पत्रकारद्वयलाई सम्मान गरिएको हो । 

दुर्गम क्षेत्रहरूमा सेनाले गरेका उद्धार, राहत वितरण, पूर्वाधार निर्माण सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई पत्रकारितामार्फत उजागर गरेको भन्दै सेनाले प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेको जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully