महाशिवरात्रिको पूर्वसन्ध्यामा शोभायात्रा

भक्तजनलाई सहज ढंगले दर्शन गर्न सक्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।

फाल्गुन २, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो ।

शोभायात्रामा स्वदेशी तथा विदेशबाट आउनुभएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो । पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो । शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो । 

महाशिवरात्रि आइतबार परेको छ । कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढंगले दर्शन गर्न सक्ने व्यवस्था गरिएको सरसफाइलगायत आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully