मेड इन यूएसए लेखिएको १ थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक युवक पक्राउ
काठमाडौँ — चन्द्रागिरि नगरपालिका–२, नागढुंगाबाट मेड इन यूएसए लेखिएको १ थान पेस्तोल र ४ राउन्ड गोलीसहित एक युवक पक्राउ परेका छन् ।
कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरीलाई शुक्रबार बिहान प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला पारी कारमा सवार पुरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
