प्रहरीलाई सुरक्षा व्यवस्थापनमा अपनाउनु पर्ने भूमिका, निर्वाचनमा प्रहरीको दायित्व, मतदान केन्द्रको सुरक्षाका उपाय, हतियार ह्याण्डलिङ, निर्वाचन आचारसंहिता २०८२ लगायत विषयमा तालिम दिइएकाे थियाे ।
काठमाडाैं — काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने ट्राफिक प्रहरी कर्मचारीहरूलाई लक्षित तालिम दिएकाे छ ।
निर्वाचनमा कसरी सुरक्षाको जिम्मेवारी थप राम्रो गर्ने भन्ने बारे तालिममा सिकाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
तालिममा प्रहरीलाई सुरक्षा व्यवस्थापनमा अपनाउनु पर्ने भूमिका, निर्वाचनमा प्रहरीको दायित्व, मतदान केन्द्रको सुरक्षाका उपाय, हतियार ह्याण्डलिङ, निर्वाचन आचारसंहिता २०८२, सुरक्षा निकाय र सुरक्षाकर्मीहरूले पालना गर्नुपर्ने आचारसंहिता तथा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीति २०७७ लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिममा ११६ जना ट्राफिक प्रहरी, कर्मचारीहरू सहभागी थिए ।
