धादिङको थाक्रेमा दुर्घटना हुँदा एक जनाको मृत्यु

घरभित्र छिरेको बसको ठक्करबाट चिया पिउँदै गरेका स्थानीयको मृत्यु भएको हो ।

माघ २५, २०८२

पोषनाथ अधिकारी

One person dies in accident in Thakre, Dhading

काठमाडौँ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे नजिकै १० किलोमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । 

धादिङको थाक्रे गाउँपालिकास्थित १० किलोमा दाङबाट काठमाडौँ आउँदै गरेको  प्रदेश ३-०१ - ००६ ख १५ ५२ नम्बरको बस र काठमाडौंबाट त्रिशुली जाँदै गरेको बागमती ००६ ख ५२०८ गरेको बस ठोक्किदा दुर्घटना भएको हो । 

दुर्घटनामा १ जनाको मृत्यु भएको बताइएको छ । घाइतेको संख्या एकिन भइ सकेको छैन । दुई बस एक आपसमा ठक्कर खाइ अनियन्त्रित हुँदा दाङ बाट काठमाडौं आउदै गरेको बस स्थानीयको घरभित्र छिरेको छ ।

घरभित्र छिरेको बसको ठक्करबाट चिया पिउदै गरेका स्थानीयको मृत्यु भएको हो । अहिले घाइतेको उद्धार गरि काठमाडौं पठाइँदै गरेको घटनास्थल जाँदै गरेका जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिए ।

पोषनाथ

Link copied successfully