बागदरबारकाे रेट्राेफिट गर्दा मौलिकतामाथि ख्याल गर्न निर्देशन

रेट्राेफिट भइरहेको बागदरबारको लागत अनुमान भ्याट, कन्टिजेन्सी, पीएससहित ७४ करोड ४७ लाख ३९ हजार ४४३ थियो ।

माघ २३, २०८२

रासस

Instructions to take care of originality while retrofitting Bagh Durbar

What you should know

काठमाडौँ — काठमाडाैं महानगरपालिकाले बागदरबारको रेट्राेफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न निर्देशन दिएको छ ।

आज कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन गर्दै त्यस्तो निर्देशन दिएकी हुन् । योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डंगोलले सवलीकरण योजनाको अनुगमन गर्दै निर्माणका हरेक प्रक्रियालाई सुक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई निर्देशन दिएकी हुन् । 

रेट्राेफिट भइरहेको बागदरबारको लागत अनुमान भ्याट, कन्टिजेन्सी, पीएससहित ७४ करोड ४७ लाख ३९ हजार ४४३  थियो । सार्वजनिक खरिद प्रक्रियाबाट आएको निर्माण पक्षसँग ४२ करोड ९० लाख १४ हजार ३१० मा सम्झौता भयो । बोलपत्रदातालाई १५ मंसिरमा कार्यादेश दिइएको हो । निर्माणकार्य १५ मंसिर २०८४ मा सम्पन्न गर्नुपर्नेछ । अहिले पाँच प्रतिशत भौतिक प्रगति भएको छ । 

त्यस्तै, कमलपोखरीको अनुगमनमा क्रममा उनले सूचना प्रविधि विभागलाई सीसीटिभी क्यामेरा जडान गर्न, वातावरण व्यवस्थापन विभागलाई सरसफाइ र स्वच्छता कायम गराउन, उद्यान तथा हरियाली प्रवर्धन आयोजनालाई बिरुवा तथा फूल रोपेर सुन्दर बनाउन निर्देशन दिइन् ।

कमलपोखरी पुनर्निर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणको कामको सम्झौता रकम तीन करोड ५८ लाख ८७ हजार ५२ हो । यसको लागत अनुमान चार करोड ६ लाख ८१ हजार ८० गरिएको थियो । यो रकम भ्याट र पिएससहितको हो । काम १९ असोज २०८१ बाट सुरु भएको हो । गत १५ मंसिरमा कार्य सम्पन्न हुनुपर्ने मिति थियो । अहिले यसको भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ८४.८३ प्रतिशत रहेको छ ।

दोस्रो चरणको कामअन्तर्गत साविकमा प्रहरी बिट रहेको करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । सिमाना पर्खालबाहिर ‘ट्याक्टिकल अर्वनिजम’ अन्तर्गत फल्चा शैलीमा परम्परागत बस बिसौनी बनाउने, पैदलयात्रीका लागि बसेर पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ बनाउने, बिरुवा रोप्ने, फूल रोप्ने, सानो पार्क बनाउने काम भएको छ ।

कमल पोखरीको वरिपरि पैदलमार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुङ्गेधारा, अपाङ्गतामैत्री शौचालय, खुला व्यायामशाला, उद्यान कमलपोखरीका विशेषता हुन् ।

रासस

Link copied successfully