मध्यरातमा बुढानिलकण्ठको छाप्रोमा आगलागी

आगलागीबाट छाप्रो पूर्णरूपमा जलेर नष्ट भए पनि घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

Fire breaks out in Budhanilkantha hut at midnight

काठमाडौँ — काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३, चुनिखेलमा मध्यरातमा एक टिनको छाप्रोमा आगलागी भएको छ ।

स्थानीय सन्तला श्रेष्ठको भाडाको जमिनमा ६२ वर्षीय ठूलो मिजारले बनाएको टिनको छाप्रोमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागीबाट छाप्रो पूर्णरूपमा जलेर नष्ट भए पनि घटनामा कुनै मानवीय क्षति भने भएको छैन । राति आगो लागेकाले थप विवरण आउन बाँकी छ । 

क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बुढाथोकीले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully