काठमाडौं महानगरले थाल्यो ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण

शारीरिक अशक्तता र दीर्घरोगले घरमै सीमित भएका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै महानगरले घरघरमै स्वास्थ्य परीक्षण र सेवा दिने अभियान आजदेखि सुरु गरेको छ ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City launches health survey of senior citizens

What you should know

काठमाडौँ — काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

कार्यक्रमअन्तगर्गत महानगरले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण आजबाट सुरु गरेको छ ।आधारभूत सेवाका लागि घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका विभिन्न उपचारका साधन दिएको महानगरले बताएको छ । 

कार्यवाहक प्रमुख सुनिता डंगोलले सेवामा खटिने कर्मचारीले पदीय जिम्मेवारी मात्र नभएर मानवीय सेवाको काम पनि गर्ने बताइन् । 'कोही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन्, पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला,’ उनले कर्मचारीलाई भनिन्, ‘आपत् टार्ने पैसा नहुँदा, अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईंले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ, यसलाई स्वाभाविक ठान्नु । उहाँहरुलाई सम्झाउनु बुझाउनु, सहज वातावरण बनाएर काम गर्नुहोला ।’

Kathmandu Metropolitan City launches health survey of senior citizens

सम्पत्ति भए पनि सहयोग गर्ने परिवारका सदस्य नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको महानगरले जनाएको छ । शारीरिक अशक्तता, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्नेलाई घरमै स्वास्थ्यकर्मी पठाउने तयारी छ ।

कार्यक्रमका उद्देश्यका विषयमा स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार उक्त सेवामा औषधि व्यवस्थापन र पोषण परामर्श जस्ता रहेका छन् ।

कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठले ज्येष्ठ नागरिकलाई सजिलै भेट्न र आवश्यकता अनुसार कुरा गर्ने वातावरणका लागि वडा कार्यालय र महिला स्वास्थ्य स्वयंसेविकासाग समन्वय गर्ने बताइन् ।

कान्तिपुर

Link copied successfully