ललितपुरको गोदावरी नगरपालिका–७ देउरी ३० वर्षीय विनोद तमाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेर प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।
काठमाडौँ — श्रीमती हत्या गरेर श्रीमान् प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका–७ देउरी ३० वर्षीय विनोद तमाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेर प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।
‘घरायसी झगडाका क्रममा मदिरा सेवन गरेर चिर्पटले श्रीमतीलाई हानेको थिएँ भन्दै विनोद शुक्रबार बिहानै प्रहरी चौकी आएका थिए,’ एसपी मिश्रले भने,‘प्रारम्भिक अनुसन्धानमा पनि त्यही भेटियो ।’
कोपिलाको शव खाटमा सुतेको अवस्थामा फेला परेको थियो । मृतक नेपाली खाटमा सुताएको अवस्वामा शव फेला परेको थियो । मृतकको शरीरको टाउकोसहित विभिन्न भागमा चोट लागेको छ । दुवै जनाले मूर्ति बनाउने काम गर्ने गरेको प्रहरीले बताएको छ । विनोदविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
