विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ

पक्राउ परेकाहरूलाई आजै आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Three arrested for defrauding Rs. 2.78 million by promising to send money abroad

काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै २७ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह तथा ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

पक्राउ परेकामध्ये थापाले यूएइ पटाउने भन्दै छ लाख ३० हजार रुपैयाँ, साहले क्यानडा पठाउने भन्दै १८ लाख रुपैयाँ तथा भुजेलले यूएई पठाउने भन्दै तीन लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाहरूलाई आजै आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully