रमेशप्रसाद खरेलको घरबाट गए राति करिब १ लाख ९२ हजार रुपैयाँ बराबरका चाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।
काठमाडौँ — ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली देउराली मार्गमा रहेको एक घरमा चाँदीका गहनाहरू चोरी भएको छ।
रमेशप्रसाद खरेलको घरबाट गए राति करिब १ लाख ९२ हजार रुपैयाँ बराबरका चाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीका अनुसार चोरले चाँदीका गहनामात्र चोरी गरेको प्रारम्भिक जानकारी आएको छ।
चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकोले उनीहरूको खोजी कार्य र यस विषयमा अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।