उनीहरु दुई/दुई जनालाई फरक समय र स्थानबाट पक्राउ गरेको हो।
काठमाडौँ — काठमाडौं महानगरपालिका तिलिङ्गेटारबाट प्रहरीले आइतबार राति अवैध लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ।
२९ वर्षीय अनिल तामाङ र १९ वर्षीया मुना गुरूङलाई प्रहरीले पक्राउ गरेको हो। काभ्रे घर भएका तमाङ काठमाडौंको डल्लु र गुरूङ काठमाडौं गोलढुङ्गाका हुन्। प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले बा९०प ४८८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलबाट पनि आइतबार साँझ ब्राउनसुगरसहित २ जना पक्राउ परेका थिए ।
कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका २४ वर्षीय सुवाष सुनुवार र मोरङ बेलबारी नगरपालिका–८ का २७ वर्षीय शेरबहादुर जोगीलाई ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
