राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत राधिका सुवालले बताइन् ।
काठमाडौँ — भक्तपुर क्षेत्र नम्बर २ का दुई जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठक विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत राधिका सुवालले बताइन् ।
खत्रीविरुद्ध नेपाल स्काउटको ९५ हजार रुपैयाँ बेरुजु रकम बाँकी रहेको र पाठक विरुद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको भन्दै नवीनकुमार महतले उजुरी हालेको निर्वाचन अधिकृत सुवालले जानकारी दिइन् ।
दुई जनाविरुद्ध परेको उजुरीको भोलि छानबिन हुने उनले बताइन्। दुई पक्षलाई बोलाएर यो विषयमा सोधपुछ गर्ने र उजुरी परेका उम्मेदवारहरू पनि प्रमाणसहित उपस्थिति हुन आग्रह गरिएको निर्वाचन अधिकृत सुवालले जानकारी दिइन् । बिहीबार पाँच बजेभित्र उजुरीको निष्कर्ष आउने छ ।
