काठमाडौं-१० मा एमालेबाट विनोद श्रेष्ठको उम्मेदवारी दर्ता

चन्द्रागिरि-४ थानकोटका स्थानीय बासिन्दा श्रेष्ठले मंगलबार सांस्कृतिक र्‍यालीसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Binod Shrestha files candidacy from UML in Kathmandu-10

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर १० मा नेकपा एमालेबाट विनोद श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । 

चन्द्रागिरि-४ थानकोटका स्थानीय बासिन्दा श्रेष्ठले मंगलबार सांस्कृतिक र्‍यालीसहित उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि श्रेष्ठले कीर्तिपुर, फर्पिङ, दक्षिणकाली, छैमले, टौदह र मच्छेगाउँजस्ता ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका क्षेत्रहरूको विकासमा आफूले विशेष योजना ल्याउने घोषणा गरे । 

श्रेष्ठ एमालेका पोलिटब्युरो सदस्य र जिफन्टका अध्यक्षसमेत हुन् ।

कान्तिपुर

Link copied successfully