कार्गोमा प्रयोग हुने काठ संकलन गर्ने र बेच्ने गोदाममा आज दिउँसो आगो लागेको थियो ।
काठमाडौँ — सिनामंगल गैरीगाउँको कार्गोमा प्रयोग हुने काठहरू संकलन गर्ने र बेच्ने गोदाममा भएको आगलागी नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणमा लिन गएका दुई दमकमलमध्ये एउटा मात्रै घटनास्थल पुगेको थियो भने साँघुरो बाटोका कारण अर्को जान सकेन । आगलागीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीको टोली घटनास्थलमा परिचालन भएको थियो ।
आगलागीका कारण नजिकैको लोयला सकेन्डरी स्कुलको भवनमा समेत क्षति पुगेको छ । मंगलबार करिब ३ बजेतिर आगो ईश्वर कार्कीको गोदाममा सल्किएको आगोले नजिकैको उक्त स्कुलको एक भवनमा क्षति पुगेको हो । गोदाममा आगलागी हुनुअघि तीन, चार जना बालकहरु खेलिरहेको देखिएको र उनीहरुलाई बाहिर पठाएको केहीबेरमै धुवाँ देखिएको कार्कीले बताए । आगलागीका कारण भौतिक क्षति भए पनि मानवीय क्षति भएकोबारे जानकारी नआएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
![Sinamangal warehouse fire extinguished [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/securitypersonnelceasefireatsinamangal01062026dsc0053-0612026123814-1000x0.jpg&w=1001&h=0)
![Sinamangal warehouse fire extinguished [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/securitypersonnelceasefireatsinamangal01062026dsc0131-0612026123849-1000x0.jpg&w=1001&h=0)