सिनामंगलको गोदाममा भएको आगलागीले नजिकैको विद्यालय भवनमासमेत क्षति

कार्गोमा प्रयोग हुने काठ संकलन गर्ने र बेच्ने गोदाममा भएको आगलागी कारण नजिकैको लोयला सकेन्डरी स्कुलको भवनमासमेत क्षति पुगेको हो ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Fire at Sinamangal warehouse also damages nearby school building

काठमाडौँ — सिनामंगल गैरीगाउँको कार्गोमा प्रयोग हुने काठहरू संकलन गर्ने र बेच्ने गोदाममा भएको आगलागी कारण नजिकैको लोयला सकेन्डरी स्कुलको भवनमा समेत क्षति पुगेको छ ।

मंगलबार करिब ३ बजेतिर आगो ईश्वर कार्कीको गोदाममा सल्किएको आगोले नजिकैको उक्त स्कुलको एक भवनमा क्षति पुगेको छ ।

गोदाममा आगलागी हुनुअघि तीन, चार जना बालकहरु खेलिरहेको देखिएको र उनीहरुलाई बाहिर पठाएको केहीबेरमै धुवाँ देखिएको कार्कीले बताए । 

आगलागीका कारण भौतिक क्षति भए पनि मानवीय क्षति भएकोबारे जानकारी नआएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

आगो नियन्त्रणमा लिन गएका दुई दमकमलमध्ये एउटा मात्रै घटनास्थल पुगेको थियो भने साँघुरो बाटोका कारण अर्को जान सकेन ।

आगलागीको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीको टोली घटनास्थलमा परिचालन भएको थियो ।

कान्तिपुर

Link copied successfully