रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार

लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको थियो ।

पुस १७, २०८२

दुर्गा दुलाल

Patan High Court rejects demand to keep Ravi Lamichhane in custody

ललितपुर — उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग गरी सरकारी वकिलले दर्ता गरेको निवेदनमा अस्वीकार गरेको छ ।

लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको थियो । 

जिल्लाको आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत पाटनमा वेरितको निवेदन दिएको थियो । न्यायाधीशद्वय खडान्नद तिवारी र दिपककुमार खरेलको इजलासले धरौटीमा रिहा गर्ने आदेश सदर गरेको हो ।

गत २ माघ २०८१ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

Patan High Court rejects demand to keep Ravi Lamichhane in custody

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully