भिडियो कन्फ्रेन्सबाटै म्याद थपका लागि प्रतिवादीलाई उपस्थित गराउँदै प्रहरी

प्रदर्शनका क्रममा प्रहरीका सयौं सवारीसाधनसमेत जलेर नष्ट भए ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Police summoning defendants for extension of time through video conference

काठमाडौँ — भदौ २४ गते प्रदर्शनकारीहरूले काठमाडौंका ९७ वटा प्रहरी कार्यालयमा तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीका सयौं सवारीसाधनसमेत जलेर नष्ट भए ।

यसका कारण प्रतिवादीलाई राख्ने र उनीहरूलाई अदालतसम्म ओसारपसार गर्ने सवारीसाधनको समेत प्रहरीलाई अभाव भयो ।

यही अवस्थापछि काठमाडौं प्रहरी कार्यालयले प्रतिवादीको म्याद थप प्रक्रिया भिडियो कन्फ्रेन्समार्फत सुरु गर्न थाल्यो । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार जेन-जी आन्दोलनपछि ५० जना प्रतिवादीको म्याद भिडियो कन्फ्रेन्समार्फत थप गरिएको छ।

‘हिरासतमा रहेका प्रतिवादीलाई भिडियोमार्फत अदालतका न्यायाधीशसँग जोडेर हामीले म्याद थप गरेका थियौं,’ भट्टराईले भने, ‘ वैकल्पिक उपायका रूपमा भिडियो कन्फ्रेन्स प्रविधि प्रयोग गर्दा असहज अवस्थामा जनशक्ति, खर्च र समयको समेत बचत भयो।’

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी रमेश थापाका अनुसार जेनजी आन्दोलनपछि आवश्यक सामग्रीको अभाव र प्रविधिको प्रयोग बढाउने उद्देश्यले भिडियो कन्फ्रेन्समार्फत म्याद थपलाई प्राथमिकता दिइएको हो।

उनले कोभिड–१९ महामारीको समयमा पनि यसैगरी भिडियो कन्फ्रेन्समार्फत म्याद थप गरिएको स्मरण गराउँदै आवश्यकता अनुसार प्रविधिको प्रयोगलाई निरन्तरता दिइने बताए।

कान्तिपुर संवाददाता

Link copied successfully