खैरो हेरोइनसहित ठमेलबाट १६ वर्षीय किशोर पक्राउ

उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

16-year-old arrested from Thamel with brown heroin

काठमाडौँ — लागुऔषध खैरो हेरोइनसहित मोरङका १६ वर्षीय रन्जोक उप्रेती काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले विराटनगर महानगरपालिका-१६ का उप्रेतीलाई २६३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार मंगलबार पक्राउ गरिएका उप्रेतीविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ ।

कान्तिपुर

Link copied successfully