नेपाली राजपरिवारनिकट सदस्य भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भागेर भारततर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए ।

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राजपरिवारले बेलायतमा कम्पनी खोल्न लागेको भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनोज कुमार भनिने अनुपकुमार सिंह छन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भागेर भारततर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए । 

उनले आफूलाई हिमानी ट्रस्टको कर्मचारी समेत बताएर ठगी गर्ने गरेको खुलेको छ । उनले आफूलाई राजपरिवारको निकट रहेको बताउने गरेको पीडितहरुको भनाइ छ ।

सिंहविरुद्ध ४२ जनाले बेलायत लैजाने भन्दै ठगी गरेको आरोपमा निवेदन दिएका छन् । अरु थुप्रै पनि पीडित भएको पाइएको आचार्यले बताए ।

उनी यसअघि पनि ७ पटक ठगी सम्बन्धी कसुरमा मुद्दा चलिसकेको व्यक्ति भएको प्रहरीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully