धोबी खोलामा साइकलसहित एक व्यक्तिको शव भेटियो

काठमाडौँ  महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा आज बिहान काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरीको शव भेटिएको हो । 

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

A man's body was found with a bicycle in Dhobi River

काठमाडौँ — धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान  काठमाडौँ  महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो । 

मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा ललित गिरी हुन् । घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully