काठमाडौंमा ३० भन्दा बढी फल्चा निर्माण अन्तिम चरणमा 

महानगरले आर्थिक वर्ष २०७९/८० देखि बसस्टपहरूलाई परम्परागत शैलीको फल्चामा परिणत गर्ने नीति लिएको थियो ।

मंसिर ३, २०८२

आरती पौडेल

Construction of more than 30 falchas in Kathmandu in final stages

काठमाडौँ — सांस्कृतिक सम्पदा पर्यटन महानगर गौरवको योजनाअन्तर्गत बनेका फल्चा काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा निर्माण कार्य सम्पन्न हुने अवस्थामा पुगेका छन् । काठमाडौं महानगरका वरिष्ठ इन्जिनियर रबीन्द्र रिजाल अबको एक महिनाभित्र फल्चाको सबै कार्य पूर्ण हुने जनाएका छन् ।

उनी भन्छन्,'काम अन्तिम चरणमा पुगिसकेको छ । रंगरोगन लगाउन र कुनै स्थानका फल्चाको बीचमा ब्लक बिछ्याउन बाँकी छ,' उनले भने, ,फल्चाको अन्य काम त धेरैजसो सकिइसकेको छ । अब एक महिनाभित्र रंगको काम पनि सकिन्छ ।' रिजालले अनुमानित रकमभन्दा कम मूल्यमै फल्चा बनाउने कार्यसम्पन्न हुने बताएका छन् । फल्चा निर्माण कार्य ८ करोडभन्दा कम लागतमै सम्पन्न हुने उनको भनाइ छ । 

Construction of more than 30 falchas in Kathmandu in final stagesकलंकी २, बबरमहल १, बानेश्वर २, सिभिल हस्पिटलछेउ २, तीनकुने २, कोटेश्वर ३, बालकुमारी १, सिनामंगल १, एयरपोर्ट १, चाबहिल ३, बसुन्धरा १, विशालनगर १, बालुवाटार १, रत्नपार्क १, राष्ट्रिय सभागृह हल १, एनएसी अगाडि २ स्थानमा महानगर र विभिन्न वडा मिलेर  ३० भन्दा बढी फल्चा निर्माणको काम अन्तिम चरणमा पुगेको रिजालले जनाएका छन् ।

महानगरले आर्थिक वर्ष २०७९/८० देखि बसस्टपहरूलाई परम्परागत शैलीको फल्चामा परिणत गर्ने नीति लिएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ५० वटा फल्चा निर्माण गर्ने गरी मात्र १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

आरती पौडेल

Link copied successfully