एकान्तकुनाको खड्काटोलबाट चितुवाको उद्धार

उद्धारपछि उक्त चितुवालाई जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

Leopard rescued from Khadka Tol in Ekantakuna

काठमाडौँ — ललितपुरको एकान्तकुनास्थित खड्काटोलबाट चितुवाको उद्धार गरिएको छ । मंगलबार बिहान एकान्तकुनास्थित स्विस राजदूतावास परिसरबाट उक्त चितुवाको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्रहरी टोली, वन डिभिजन कार्यालय र सदर चिडियाखानाका कर्मचारीहरूको टोलीले चितुवाको उद्धार गरेको हो ।

उद्धारपछि उक्त चितुवालाई जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । स्थानीय बासिन्दाले भने सोमबार रातिदेखि एकान्तकुना वरपर चितुवाको देखेको प्रहरीलाई बताएका थिए । 

कान्तिपुर

Link copied successfully