बुढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

प्रहरीले इलामको माई नगरपालिका-८ की २० वर्षीया निशा राई र गुल्मीको हस्तिचौर गाउँपालिका-२ की २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Two arrested for vandalizing the house of the mayor of Budhanilkantha

काठमाडौँ — बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोडमा संलग्न दुई जना पक्राउ परेका छन्।

प्रहरीले जेन-जी आन्दोलनका बेला मेयर अधिकारीको घरमा तोडफोड गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो।

बुधबार प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले हाल बुढानीलकण्ठ नगरपालिका-१० गैरीगाउँ बस्दै आएका इलामको माई नगरपालिका-८ की २० वर्षीया निशा राई र गुल्मीको हस्तिचौर गाउँपालिका-२ की २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो। 

कान्तिपुर

Link copied successfully