सवारी जाँचपास नभएका तथा अत्यधिक धुँवा फाल्ने स्कुल बससहित ३७ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

सुवेदीका अनुसार ती सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम अवस्था ठीक नभएको सवारी साधन चलाएको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइने छ ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Traffic police seize 37 vehicles, including school buses, that have not passed vehicle inspection and emit excessive smoke

काठमाडौँ — काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा सवारी जाँचपास नभएका र अत्यधिक धुँवा फाल्ने ३७ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सोमबार चेकिङका क्रममा १६ वटा भाडाका बस, १४ वटा पिकअप भ्यान, ४ वटा स्कुल बस, २ वटा निजी कार र १ वटा भाडाको कार गरी ३७ सवारी साधन नियन्त्रणमा लिइएको हो । 

सुवेदीका अनुसार ती सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम अवस्था ठीक नभएको सवारी साधन चलाएको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइने छ । 

उक्त ऐनको दफा २३ मा सवारी साधनबाट हुन सक्ने प्रदूषणको परीक्षण गर्नुपर्ने व्यवस्था अनुसार सो परीक्षण नगरेमा सम्बन्धित निकायले सवारी दर्ता रोक्का गर्ने निर्देशनसमेत  कानुनी प्रावधान  छ ।

कान्तिपुर संवाददाता

Link copied successfully