नगदेश न्हु हिति सांस्कृतिक समूहको आयोजनामा नगदेशबाट नेवारी परम्परागत पोसाक र बाजागाजासहित स्थानीयहरूले मध्यपुर नगदेशको सिद्धी गणेशको पूजा गरी संकल्प भोजन चढाएका हुन् ।
भक्तपुर — मध्यपुर थिमिस्थित नगदेशका स्थानीयहरूले उपत्यकाका चार गणेश मन्दिरमा संकल्प पूजा गरी चौरासी व्यञ्जन भोजन अर्पण गरेका छन् ।
नगदेश न्हु हिति सांस्कृतिक समूहको आयोजनामा नगदेशबाट नेवारी परम्परागत पोसाक र बाजागाजासहित स्थानीयहरूले मध्यपुर नगदेशको सिद्धी गणेशको पूजा गरी संकल्प भोजन चढाएका हुन् । त्यसपछि उपत्यकाका चार गणेश भक्तपुरको सुर्यविनायक, चोभारको जल विनायक, काठमाडौं मरुटोलको अशोक विनायक र चाबहिलको रक्त विनायक मन्दिरमा गएर चौरासी व्यञ्जनसहित भोजन चढाएको संयोजक कृष्णभक्त ध्याकोले बताए ।
यसरी चार गणेशको पूजा प्रत्येक ४ वर्षमा एक पटक गरिने उनले बताए । चौरारी व्यञ्जनसहित पूजा आराधना गर्नाले देशमा अनिष्ट नहुने, शान्ति छाउने विश्वास गरिएको आयोजकले जनाएको छ ।
