हरिबोधनी एकादशीका अवसरमा भक्तपुरको चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

नगरपालिकाले मन्दिर प्रवेश गर्ने चारैवटा नाकामा स्वागतद्वार र निर्माण गरि मन्दिरलाई सिंगारेर आकर्षक बनाएको नगरप्रमुख खत्रीले जानकारी दिए ।

कार्तिक १५, २०८२

सुन्दर शिल्पकार

Crowds of devotees throng Changunarayan Temple in Bhaktapur on the occasion of Haribodhani Ekadashi

भक्तपुर — हरिबोधनी एकादशीका अवसरमा भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्त्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।

हरिबोधनी एकादशीको दिन मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लाग्ने हुनाले लाइन व्यवस्थापनका लागि स्वयम् सेवक, स्काउट र प्रहरी परिचालन गरि स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताए । 

नगरपालिकाले मन्दिर प्रवेश गर्ने चारैवटा नाकामा स्वागतद्वार र निर्माण गरि मन्दिरलाई सिंगारेर आकर्षक बनाएको नगरप्रमुख खत्रीले जानकारी दिए ।  

हरिशयनी एकादशीका दिन घर–घरमा तुलसी रोपेको तुलसीको आज परम्पराअनुसार तुलसीको मठलाई सिंगारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराइएको छ । 

आजको दिनमा व्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिडाँलु, सखरखण्ड, तरुलका परिकार खाने प्रचलन रहेको छ ।

सुन्दर

Link copied successfully