पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट बुधबार उच्च अदालत पाटनले खारेज गरेको छ ।
काठमाडौँ — उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिट खारेज हुने फैसला सुनाएको छ ।
पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट बुधबार उच्च अदालत पाटनले खारेज गरेको छ ।
न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै पाण्डेको रिट खारेज गरेको हो ।
मेयर बालेन्द्र (बालेन) शाहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा छानबिन गर्न भन्दै ६ महिनाका लागि निलम्बन परेका पाण्डेले त्यसविरुद्ध उच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए ।
