काठमाडौंको शान्तिनगरका वाइबा बानेश्वर बहुमुखी क्याम्पसको माओवादी निकट अखिल (क्रान्तिकारी)बाट स्ववियु सदस्यमा विजयी भएका विद्यार्थीसमेत हुन् ।
काठमाडौँ — जेन-जी आन्दोलनको क्रममा बानेश्वर प्रहरी वृत्तबाट तीन नालको हतियार लुटेको आरोपमा प्रहरीले विद्यार्थी नेता सुजन वाइबालाई पक्राउ गरेको छ।
काठमाडौंको शान्तिनगरका वाइबा बानेश्वर बहुमुखी क्याम्पसको माओवादी निकट अखिल (क्रान्तिकारी)बाट स्ववियु सदस्यमा विजयी भएका विद्यार्थीसमेत हुन् ।
प्रहरीका अनुसार हतियार बोकेर हिँडेको भिडियोको आधारमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।