भक्तपुरमा २७ जना जुवाडे पक्राउ

भक्तपुर नगरपालिका–४ स्थित बुलुचा टोलबाट कौडा खेलिरहेको अवस्थानमा नगदसहित २७ जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जुवेगुले बताए ।

कार्तिक ४, २०८२

सुन्दर शिल्पकार

27 gamblers arrested in Bhaktapur

भक्तपुर — भक्तपुर प्रहरीले सोमबार राति २७ जना जुवाडे नगदसहित पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका–४ स्थित बुलुचा टोलबाट कौडा खेलिरहेको अवस्थानमा नगदसहित २७ जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जुवेगुले बताए ।

विशेष सुराकीको आधारमा जुवाघरबाट ९ लाख २३ हजार रुपैयाँसहित उनीहरू पक्राउ परेको नायब उपरीक्षक जुवेगुले बताए ।

पक्राउ परेकाहरुको पहिचान भएको छैन । उनीहरूलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुन्दर

Link copied successfully