यसपाली तिहारमा महँगो भयो फूल

विदेशी फूल आयातमा रोक लगाएपछि बजारमा पर्याप्त फूल नपुग्दा मूल्य बढेको उपभोक्ताको भनाइ छ।

कार्तिक ३, २०८२

दीपक केसी

Flowers have become more expensive this Tihar

काठमाडौँ — फूलको मूल्य यसपालीको तिहारमा उच्च भएपछि उपभोक्ताले गुनासो गरेका छन्। विदेशी फूल आयातमा रोक लगाएपछि बजारमा पर्याप्त फूल नपुग्दा मूल्य बढेको उपभोक्ताको भनाइ छ।

Flowers have become more expensive this Tihar

गत वर्ष झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरिएको फूल अहिले एउटाको १ हजार २ सय रुपैयाँसम्म पुगेको छ। नेपाली फूलले मात्रै माग पूरा गर्न नसकेको र विदेशी फूलको रोकले कालोबजार अझ बढाएको उपभोक्ताले बताएका छन्।

Flowers have become more expensive this Tihar

त्यसैगरी, प्लास्टिकको फूल बिक्रीमा रोक लगाएकोमा उपभोक्ताले स्वागत गरेको खबर छ। उनीहरूले बजार अनुगमनको खाँचो रहेको पनि बताएका छन्।

Flowers have become more expensive this Tihar

फूलको पर्व भनेर चिनिने तिहारमा फूल किन्न उपभोक्ताको भीड बजारमा देखिएको छ। काठमाडौं महानगरपालिकाले तिहारको लागि फूल र माला बिक्री गर्न ३२ स्थान तोकेको छ। सोमबार लक्ष्मीपूजा भएकाले बजारमा फूलको विशेष चहलपहल देखिएको छ।

Flowers have become more expensive this Tihar

नेपालमा तिहारको समयमा घर सजाउन नेपालीहरूले फूलको प्रमुख प्रयोग गर्ने चलन छ।

Flowers have become more expensive this Tihar
Flowers have become more expensive this Tihar
Flowers have become more expensive this Tihar
Flowers have become more expensive this Tihar
Flowers have become more expensive this Tihar
Flowers have become more expensive this Tihar
Flowers have become more expensive this Tihar

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully